कालीगण्डकी करिडोरको ८० प्रतिशत काम सकियो

0

बागलुङ – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको अहिले दोस्रो खण्ड अन्र्तगतको कामलाई तिब्र पारिएको छ । नेपाली सेनाले जिम्मा दिईको उक्त सडक निर्माण कार्य अन्र्तगतको दोस्रो खण्डको ८० प्रतिशत काम सकिएको छ । बागलुङ खण्ड अन्र्तगत मालढुंगा देखि पालुङखोला सम्म पुग्ने सडक अन्र्तगत उक्त काम सम्पन्न भएको हो । नेपाली सेनाले जिम्मा लिएको उक्त सडक आगामी अषाढ मसान्त सम्ममा ट्रयाक खुल्ने कालीगण्डकी करिडोर निर्माण कार्यदलका प्रमुख सेनानी इन्जिनियर रेश्मीराज भट्टराइले बताए ।
दोस्रो खण्ड अन्र्तगत कुचुरी भिर, डाङकाल, डाँडाखर्क भीर,छोरेलौवा र एक्लेबेलमा काम गरिरहेको छ । पहरा र पत्थर भएका सो ठाउँमा सेनाले निरन्तर बम विस्फोट गरी ट्रयाक खोल्ने काम अगाडि बढाएको छ । सो ठाउँमा पर्ने ५ वटा भीरमा काम सम्पन्न भए असार मसान्तसम्म ट्रयाक खोल्ने गरी काम अगाडी बढाइएको ईन्जीनियर भट्टराइले बताए ।
बागलुङ देखि टाकुरी सम्मको १२ किमी ट्रयाक नेपाली सेनाले यस अघि नै खोलिसकेको छ । बाँकी ट्रयाक टाकुरी देखि छिस्तीको पालुङखोला सम्मको काम अघि बढाइएको हो ।
ठेकेदार कम्पनी मार्फत काम गर्दा कोरिडोर अलपत्र भएपछि सांसद प्रकाश शर्मा पौडेलको विषेश पहलमा साथै राजनीतिक दल र स्थानीयको दवावमा आयोजना सेनालाइ जिम्मा दिइएको थियो ।
यो भारत र चीन जोड्ने राष्ट्रिय गौरवको सवभन्दा छोटा दूरिको सडक आयोजना हो । अन्य सवै जिल्लामा गाडी गुडेपनि बागलुङ खण्डमा ट्रयाक खोल्न ढिलाइ भएपछि नेपाली सेनालाइ जिम्मा दिएर काम अगाडि बढाएको हो । गत वर्ष आयोजना निर्माणका लागी १९ करोड बजेट विनियोजन थियो । झन्डै ३३ करोड आवश्यक पर्ने उक्त आयोजनाको लागि यस बर्ष थप १४ करोड विनियोजन भएको हो । बजेट समयमा नै विनियोजन भएकाले निर्धारित समयमा पूरा हुने आयोजना कार्यालयले जनाएको छ । करिडोरको लागि विनियोजन भएको बजेट हरेक वर्ष फ्रिज भएर ट्रयाक खोल्न ढिलाई भएको स्थानीयहरुले बताउँछन ।
करिडोरको बागलुङ अन्तरगत जैदी—छिस्ती खण्डमा ४ किलोमिटर र पाल्पामा १० गरी १४ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको र त्यस खण्डमा अहिले धमाधम काम भै रहेको नेपाली सेनाले जनाएको छ । मुस्ताङको कोरलादेखि म्याग्दी, बाग्लुङ, गुल्मी, पाल्पा, नवलपरासी हुँदै भारत जोड्ने कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ट्रयाक खोले पश्चात बागलुङबाट ४ घण्टामा बुटवल पुग्न सकिने छ । करिडोरमा प्रसिद्ध मुक्तिनाथ,गलेश्वर,बागलुङ कालिका, सेतीवेणी, रिडि, रानीघाट, राम्दी लगायतका तिर्थस्थलहरु रहेका छन । करिडोरले उत्तर—दक्षिणी दु्रत सेवा दिने,भारतका पर्यटकलाइ सजिलै मुक्तिनाथ लैजान सकिने सम्भावना छ । यो सडक बनेपछि करिडोर आसपासका १० लाख ३० हजार जनसंख्याको बसाइसराइ कम हुने, १ लाख ३३ हजार हेक्टर जमिनमा तरकारी तथा फलफुल लगाइ व्यवसाय गर्न सकिने,बार्षिक ४ लाख मेट्रिक टन खाद्यान्न उत्पादन गर्न सकिने तथा ऐतिहासिक स्थानलाइ प्रवद्र्धन गरी पर्यटन क्षेत्रको रुपमा विकाश गर्न सकिने सम्भावना रहेको
त्यसै गरी करिडोरको गुल्मी खण्डमा नेपाली सेनाले ट्रयाक खोलेपछि स्तरोन्नतीको काम पछि अघि बढाएको छ । करिडोरको ट्रयाक खोलेको ठाउँमा सडक चक्लाउने, रिटेनिङ वाल उठाउने, कलभर्ट निर्माण गर्ने काम भैरहेको इन्जिनियर भट्टराइले बताए ।
ट्रयाक खोल्न कडा चट्टान भएको बागलुङ र पाल्पा खण्डमा बिस्फोटक पदार्थ प्रयोग गरेर निर्माण अघि बढाइएको छ । कालीगण्डकी करिडोर आयोजना निर्माणमा २० मोटरेवल पुल आवश्यक भएको आयोजनाले जनाएको छ । मोटरवेल पुलका लागि मात्र ७ करोड निकासाको क्रममा रहेको इन्जिनियर भट्टराइले बताए ।

Share.

About Author

Leave A Reply