बागलुङमा कुल १ लाख ५६ हजार ८ सय २ मतदाता, १ सय ३ वटा मतदान स्थल

0

बागलुङ-  यही बैशाख ३१ गते हुन गै रहेको स्थानिय तहको निर्वाचनमा बागलुङमा कुल १ लाख ५६ हजार ८ सय २ मतदाता रहेका छन । जिल्लामा पुरुष भन्दा महिला बढि रहेको तथ्याङक रहेको छ । जस मध्ये पुरूष ७३ हजार ९ सय ६३, र महिला ८२ हजार ८ सय ३९ जना रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास चन्द्र पौडेलले जानकारी दिए । पुरुषको तुलनामा महिला ८ हजार ८ सय ७६ जना बढी रहेका छन ।
रोजगारीको शिलशिलाा युबाहरु बिदेशीय पछि अहिल महिला मतदाता संख्या बढि रहेको छ । बागलुङमा ४ बटा नगरपालिका र ६ बटा गाउँपालिकाकोमा स्थायिन तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले तयारी तिब्र बनाएको छ । निर्वाचन कर्याालय हरेक गाउँ गाउँमा फोटो सहितको मतदाता नामावली संकलन गरेको कारणले पनि बागलुङ पुरूष भन्दा महिला मतदाता बढी भएको जनाईएको छ ।
बैदेशिक रोजगारको लागि बागलुङ जिल्ला बाट युवा जनशक्ति बिदेश गएको कारणले फोटो सहितको मतदाता सुचिमा फोटो खिचाउन नपाएको कारणले पनि पुरूष मतदाता कम भएको निर्वाचन कार्यालयले जनाएको छ ।
स्थानियत तहको निर्वाचनका लागि बागलुङका १० ओटै गाउँपालिका नगरपालिकामा निर्वाचन आयोगको कार्यालय स्थापना गरि काम आगाडि बढाईएको छ । जिल्लामा १ सय ३ वटा मतदान स्थलमा १ सय ९२ वटा मतदान केन्द्र (बुथ) राखिने जिल्ला निर्वाचन अधिकृत पौडेलले बताए । निर्वाचनका लागि सुरक्षा निकाय बाहेक करिब १७ सय ४६ जनशक्ति खटिने छन । निर्वाचनमा १४ दलले भाग लिने र हाल सम्म युनाईटेड ग्रिन अर्गनाईजेशन भन्ने दलले निर्वाचन दर्ता नगरेका कारण यदि तोकिएको समयममा नआएमा सो दलले भाग लिन नपाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा सबै गाउँपालिका र नगरपालिकामा कुल ४ सय ६९ जना जनप्रतिनिधि छानिनेछन । प्रत्येक नगरपालिका, गाउँपालिकामा १ जना प्रमुख, १ जना उपप्रमुख छानिनेछन त्यसैगरी प्रत्येक वडामा १ जना वडा अध्यक्ष २ जना खुल्ला सदस्य, १ जना महिला खुल्ला सदस्य, र १ जना दलित महिला सदस्य निर्वाचित हुनेछन । निर्वाचित सदस्य बाट पुन ५ जना महिला नगरकार्यपालिकामा सदस्यका लागि पुन निर्वाचन गर्नपर्ने हुन्छ । त्यसै गरी दलित र अल्प संख्यक गरी ३ जना पनि निर्वाचन प्रक्रियाबाट नै छानिने छ ।
बागलुङ नगरपालिकाको ३४ हजार ५ सय २८ मतदाता मध्य महिला १८ हजार ५ सय ५१ जना र पुरूष १५ हजार ९ सय ७७ जना मतदाता रहेका छन । त्यसैगरी गलकोट नगरपालिकाको २० हजार १ सय १९ मतदाता मध्य महिला मतदाता १० हजार ८ सय ४ जना पुरूष मतदाता ९ हजार ३ सय १५ जना रहेका छन । जैमुनि नगरपालिकाको २१ हजार २ सय ६७ मतदाता मध्ये महिला मतदाता ११ हजार २ सय ५४ जना र पुरूष मतदाता १० हजार १३ जना रहेका छन । ढोरपाटन नगरपालिकामा भने जनसंख्या कम रहेको छ । ११ हजार ९ सय ९० जना मतदाता मध्ये महिला मतदाता ६ हजार १ सय ९६ जना र पुरूष मतदाता ५ हजार ७ सय ९४ जना रहेका छन् ।
जिल्लाको ६ बटा गाउँपालिका मध्ये काँठे खोला गाउ पालिकाको कुल मतदाता १७ हजार ६ सय ७ जना मध्ये महिला मतदाता ९ हजार ४ सय ९६ जना र पुरूष मतदाता ८ हजार १ सय ११ जना
तमान गाउँ पालिकाको ५ हजार ९ २८ मतदाता मध्ये महिला मतदाता ३ हजार २५ जना र पुरूष मतदाता २ हजार ९ सय ३ जना तारा गाउँ पालिकाको ७ हजार २ सय २५ मतदाता मध्ये महिला मतदाता ३ हजार ७ सय ९७ जना पुरूष मतदाता ३ हजार ४ सय २८ जना मतदाता रहेका छन् ।यसै गरि निसी गाउँ पालिकाको १२ हजार १ सय ९७ जना मतदाता मध्ये महिला मतदाता ६ हजार २ सय ८४ जना पुरूष मतदाता ५ हजार ९ सय १३ जना बरिगाड गाउँ पालिकाको १७ हजार २ सय २७ मध्ये महिला मतदाता ८ हजार ९ सय ५ जना पुरूष मतदाता ८ हजार ३ सय २२ जना रहेका छन्। बरेङ गाउँ पालिकाको मतदाता ८ हजार ७ सय १४ जना मध्ये महिला मतदाता ४ हजार ५ सय २७ जना र पुरूष मतदाता ४ हजार १ सय ८७ जना मतदाता रहेका छन् ।
४ बटा नगरपालिका र ६ वटा गाउँ पालिका सबैमा पुरूषको भन्दा महिला नै बढी मतदाता रहेको निर्वाचन कार्यालयका प्रमुख पौडेलले जानकारी दिए ।

Share.

About Author

Leave A Reply