बागलुङ – शेयर कारोबारको मध्यस्थता गर्ने कम्पनी दिव्या सेक्युरिटिज एण्ड स्टक हाउस प्रा.लि.ले बागलुङमा आफ्नो पहिलो शाखा संचालनमा ल्याएको छ । स्टक ब्रोकर नम्बर ५९ रहेको शाखाले सोमबार देखी सेवा सुचार गरेको छ ।
बागलुङमा विस्तारित शाखाले यस क्षेत्रमा छरिएर रहेको पुँजीलाई एकिकृत गरी पुजी निर्माणमा सहयोग पुग्ने अपेक्षा लिएको कम्पनीका प्रवन्ध निर्देशक रामप्रसाद आचार्यले बताए । समग्र धौलागिरी क्षेत्रकै शेयर लगानीका गर्न बाहिर जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्यका लागि हामी यो शाखा संचालन गरेका हौ निर्देशक आचार्यले भने , यस क्षेत्रका लगानी कर्ताहरुलाई सहज रुपमा दोश्रो बजारमा पहुँच पुग्ने विश्वास लिएका छौ ।
शाखाको शुभारम्भ गर्दै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य निर्माण कुमार श्रेष्ठ (बासुले) ब्रोकर शाखाले मोफोसलमा रहेका लागानीकर्तालाई छिटो छरितो सेरय खरिद विक्री गर्नका लागि सहज हुने बताए । उनले यस क्षेत्रका जनताहरुमा पुँजी बजारसँग सम्बन्धित ज्ञान सिपको विकास तथा शेयर कारोबारमा उत्साह जगाउने विश्वास व्यक्त गरे ।
विगत ४ वर्ष देखी काठमाडौमा रही शेयर ब्रोकरको रुपमा कारोबार गर्द आईरहेको यस कम्पनी बागलुङमा पहिलो शाखाको रुपमा स्थापना भएको हो । यसले समग्र धौलागिरी क्षेत्रको पुँजी बजारको विकासमा थप टेवा पु¥याउने विश्वास लिईएको छ ।
कम्पनीले आउँदा दिनहरुमा बजारको सम्भावनालाई हेरी लगानी कर्ताको चाप र मागको आधारमा अन्य क्षेत्रमा पनि शाखा विस्तार गरीने जनाएको छ ।

Share.

About Author

Leave A Reply