बागलुङमा हात्तीपाईले रोग निवारणको औषधी फागुन १५ देखी खुवाईदै

0

बागलुङ- हात्तीपाइले रोग निवारण गर्ने अन्तिम तयारीमा रहेको बागलुङमा यस वर्ष पनी दशौं चरणको हात्तीपाइलेविरुद्वको औषधि सेवन अभियानको तयारी थालिएको छ । यही १५ गतेदेखि दशौं चरणको अभियानअन्तर्गत हात्तीपाइलेविरुद्व औषधि खुवाइने भएको छ । दशौ चरणमा खुवाउन लागिएको सो औषधि यसपटक भने स्वास्थ्यकर्मीले नै खुवाउने भएका छन् ।
गत वर्षदेखि जिल्लामा हात्तीपाइले रोगी निवारण गर्ने भनिएपनि यो वर्ष बागलुङ जिल्लाको बडिगाड गाउ“पालिका–५ ग्वालिचौरमा ३१० जनाको नमुना परिक्षण गर्दा हात्तिपाईलेको जिवाणु नपाइएपनी बागलुङ नगरपालिका १४ नारायणस्थानमा ३१० जनाको नमुना परिक्षण गर्दा १४ जना हात्तिपाईलेको संक्रमण भएका व्यक्ति पेला परेका कारण यो वर्ष पनि हात्तिपाइले विरुद्धको औषधी खुवाउनु परेको गण्डकी प्रदेश जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रशाासक दिपकप्रसाद तिवारीले बताउनुभयो ।
यो अवस्थालाई हेर्दा जिल्लामा अझै पनि हात्तीपाइले रोगको जोखिममा रहेको छ । हात्तीपाइले रोग निवारणका लागि वर्षेनी ठूलो रकम खर्च हुने गर्छ । देशभरका ६१ जिल्लामा थालिएको अभियानमा अझै १५ जिल्लामा जारी नै रहेको छ । गण्डकी प्रदेशमा बागलुङ जिल्ला सहित पर्वत र लमजुङमा हात्तिपाइले विरुद्धको औषधी खुवाउने अभियान शुरु हुँदैछ ।
हात्तीपाइलेका जीवाणु प्रवेश गरेपछि मानिसमा अण्डकोष सुन्निने, हात, स्तन, गुप्ता· सुन्निने हात्तीको जस्ता पाइला हुन्छन् । लामखुट्टे हुने स्थानमा हात्तीपाइले रोगको संक्रमण हुने भन्दै तिवारीले भन्नुभयो, ‘हात्तीपाइले रोगविरुद्धको औषधि सेवनले कसैको पनि मृत्यु नहुने विषयमा व्यापक प्रचार गर्नु आवश्यक छ ।’ मानिसलाई नडराइ औषधि सेवन गर्न जनस्वास्थ्यले आग्रह गरेको छ । सरकारले सन् २०२० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिए पनि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्नेको सङ्ख्या कम हु“दै गएको छ ।
तिवारीका अनुसार दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, सात दिनसम्मका सुत्केरी, थला परेका विरामी र ७० वर्षभन्दा बढी उमेरका मानिसहरुले औषधि सेवन नगर्न अनुरोध गरेको छ । यस वर्ष जिल्लाका ८५ ओटै वडाका ३ लाख ५२ हजार जनसंख्यालाई हात्तीपाइले विरुद्धको औषधी खुवाईने छ ।
हात्तीपाइले विरुद्धको औषौधि खुवाइने अभियानमा जिल्लाभर ४०० स्वास्थ्यकर्मीको प्रत्यक्ष सम्लग्नता हुनेछ । मानिसको शरिरमा लामखुट्टेको जिवाणु लामो समय सम्म बाच्न सक्ने भएकाले हात्तीपाइलेका रोगीहरु घटाउन औषधीको साथै वातावरणीय सरसफाईमा ध्यान लिई झुल टागेर सुत्ने गर्नुपर्ने स्वस्थ्यकर्मीहरु वताउछन् । यसैवीच सोमबार बागलुङ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा जिल्लामा क्रियाशिल पत्रकारहरुवीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रत्रकारहरुलाई हात्तीपाइलेको औषधी खुवाइएको थियो । कार्यक्रममा बागलुङ नगरपालिकाका उप–प्रमुख सुरेन्द्र खड्काको अध्यक्षता, डिल्ली आचार्यको स्वागत तथा स्वास्थ्यकर्मी सोमराज पाण्डेयको सञ्चालनमा सम्पन्न भएको थियो ।

Share.

About Author

Leave A Reply